आयुष ओपीडी सेडको विधिवत् शिलान्यास

मङ्पु (निसं): स्वास्थ्य सम्बन्धी मङ्पु अहिले पनि धेरै पछाडी परेकोले यहाँ पनि एउटा राम्रो अस्पताल हुनु पर्छ भन्ने मङ्पुवासीको धेरै अघिदेखि गर्दै आइरहेको माग अब पुरा हुने भएको छ। मङ्पुमा आज यहाँको अस्पतालका डाक्टर अरूप घोषको बाहुलीबाट नरिवल फुटाएर आयुष ओपीडी सेड-को शिलान्यास गरियो। यस शिलान्यास कार्यक्रममा विशेष गरेर क्षेत्रीय सभासद रतन कुमार थापा लगायत भागोप्रमो-का नेतृत्वहरू पीआरओ दार्जिलिङ महकुमा बिज्ञान मिश्र, समष्टि अध्यक्ष गगन राई, मूल सचिव अनिल छेत्री, युवा शक्ति केन्द्रिय समितिका प्रवक्ता अनित खाती आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *