अभागोली-का कार्यकारी अध्यक्ष विक्रम आदि राईले दिए राजीनामा

दार्जिलिङ : अखिल भारतीय गोर्खा लीग (भारती तामाङ खेमा)-लाई फेरि अर्को ठुलो झट्का। पार्टीका महासचिव एसपी शर्माले राजीनामा दिएको लगत्तै पछि पार्टीका कार्यकारी अध्यक्ष विक्रम आदि राईले पनि आफ्नो पद अनि पार्टीबाट राजीनामा दिएका छन्। तिनले आफ्नो राजीनामा पत्र केन्द्रीय समिति अध्यक्षलाई पठाएको बताइएको छ। राजीनामा दिनुको कारण खुलेर नबताए तापनि समय र परिस्थिति अनुरूप नै आजदेखि पार्टीको साधारण सदस्यता र पदबाट राजीनामा दिएको कुरो तिनले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *