दार्जिलिङ : अखिल भारतीय गोर्खालीग (भारती तामाङ खेमा)-का महासचिव एसपी शर्माले आज आफ्नो पद तथा पार्टीको साधारण सदस्यताबाट राजीनामा दिएका छन्। तिनले यसबारे पार्टी अध्यक्षलाई लिखित रूपमा पत्राचार गरेका छन्।

आफ्नो राजीनामा पत्रमा तिनले राजीनामा दिनुको कारण विषयको उल्लेख नगरे तापनि सहकार्य गर्ने अवसर दिनुभएकोमा विशेष धन्यवाद व्यक्त गर्दछु भनी उल्लेख गरेका छन्।
