अभद्र टिप्पणीको विरोध गर्दा व्यवसायी महिलालाई कुटपिट गरेको आरोप, थानामा अभियोग दर्ता

सिलगढी (निसं): अभद्र टिप्पणीको विरोध गर्दा एकजा व्यवसायी महिलालाई कथित रूपमा कुटपिट गरिएको घटना प्रकाशमा आएको छ। घाइते महिलालाई सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको छ।  प्राप्त जानकारी अनुसार बिहिबार सिलगढीको एक्तियाशालस्थित खाई खाई बजारमा एकजना फल व्यवसायी महिलाले आफ्नो दोकान मरमति गराइरहेका थिए। त्यस समय एकजना अन्य फल व्यवसायी महिलाले उक्त महिलालाई अभद्र टिप्पणी गर्दा त्यसको विरोध गरे। यसपछि एकजना युवकले उक्त महिलालाई कुटपिट गर्दा घाइते भएको आरोप रहेको छ। यसपछि उक्त महिलालाई गम्भीर घाइते अवस्थामा सिलगढी जिल्ला अस्पतालमा भर्ना गराइयो। आरोपी युवक विरूद्ध भक्तिनगर थानामा एउटा लिखित अभियोग दर्ता गरेको बताइएको छ।  अर्कोतिर, घाइते महिलाको छोरीले आफ्नो आमालाई कुटपिट गर्ने आरोपीलाई पुलिसले पक्रिएर कठोर सजाय दिनु पर्ने माग गरेको छ।  


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş