अभिषेक ब्यानर्जी फुलबारी आउने, मेयरद्वारा कार्यक्रम स्थलको निरीक्षण

सिलगढी : आगामी 29 अप्रेलमा तृणमूलको नवजोवार कार्यक्रममा अंश ग्रहण गर्न अभिषेक ब्यानर्जी फुलबारी आउने भएका छन्। उत्तरकन्या संलग्न एउटा मैदानमा उक्त कार्यक्रमको आयोजना गरिने भएको छ। उक्त मैदानको आज सिलगढीका मेयर गौतम देव लगायत फुलबारीका स्थानीय नेतृत्वहरूले निरीक्षण गरे। तृणमूल नेता अभिषेक ब्यानर्जीले आज कुचबिहारबाट तृणमूलको नवजोवार जनसम्पर्क यात्राको शुरूआत गरे। आगामी 29 अप्रेलको दिन तिनी फुलबारी आउनेछन्। फुलबारीको उक्त मैदानमा 6 वटा ब्लकका प्रतिनिधिहरूसित बैठक गर्नेछन्। उक्त कार्यक्रमलाई केन्द्र गरेर युद्धस्तरमा तयारी चलिरहेको छ भने आज उक्त मैदानको मेयर गौतम देवले निरीक्षण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *