अदालतको निर्देशअनुसार सिलगढी प्रधाननगरको निवेदिता रोडमा अवैध निर्माणहरू भत्काइदियो नगरनिगमले

सिलगढी : हाईकोर्टको निर्देश अनुसार सिलगढी नगरनिगमले सिलगढीको प्रधाननगरस्थित निवेदिता रोडको अवैध निर्माण भवनहरू भत्काउने कार्य आजदेखि शुरू गरेको छ। प्राप्त जानकारी अनुसार नगरनिगमले लगभग 22 वटा अवैध निर्माण भत्काइदिने भएको छ भने उक्त भत्काउने कार्य लगातार जारी रहेको छ। सिलगढीको प्रधाननगर निवेदिता रोडको सडकमा अवैध निर्माण गरिएकोले गर्दा यसबारे हाईकोर्टमा मामिला दर्ता गरिएको थियो। हाईकोर्टले उक्त अवैध निर्माणहरू भत्काउने निर्देश दिएपछि नै आज सिलगढी नगरनिगमले प्रधाननगर थाना पुलिसको उपस्थितिमा सडक छेउछाउका उक्त अवैध भवन निर्माणहरू भत्काइदिएको बताइएको छ। अवैध निर्माणहरूमा केही घरहरू लगायत दोकान, रेस्टुरेन्ट तथा क्याफेहरू पनि सामेल छन्। सिलगढी नगरनिगमले आज बिहानैदेखि यहाँको अवैध निर्माण भत्काउने कार्य जारी राखेको छ। यसभन्दा अघि पनि सिलगढी नगरनिगमले सहरमा धेरैवटा अवैध निर्माणहरू भत्काइसकेको छ। सहरमा कहीँ पनि अवैध निर्माण गरिएको खण्डमा यसबारे कार्वाही गरिने मेयर गौतम देवले बताएका छन्। आज प्रधान नगरको निवेदिता रोडमा रहेको अवैध निर्माणहरू भत्काउने कार्य शुरू गर्न साथ मानिसहरूको भीड जम्न थालेपछि विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर परिस्थितिलाई नियन्त्रणमा ल्याइयो। यसले गर्दा इलाकामा व्यापक जामको समस्या देखापरेको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/