मिरिक : मिरिकको विभिन्न ठाउँमा सोमबार रातिको परेको अत्याधिक वर्षाले धेरै ठाउँहरूमा पैह्रो जानको साथै कतिपय घरहरूलाई पनि क्षति पुऱ्याएको जानकारी प्राप्त भएको छ। गत राति मिरिकमा यो वर्ष कै सबैभन्दा धेर हात्तीसूढें पानी परेको यहाँका मानिसहरुको भनाई रहेको छ ।

रातभरी पानी परेकोले मिरिक नगरपालिका क्षेत्र , थर्बु चिया बगान, वस्ती , सौरेनी, फुवागढी , तराई आदि क्षेत्रमा पैह्रो गएर साथै बाढले मानिसहरुलाई धेरै समस्यामा पारेको देखियो ।
