सुकेपोखरी : याश तुफान र अधिक वर्षाको कारण सुकेपोखरी क्षेत्रको कतिपय स्थानहरूमा पैह्रो जानको साथै रूख ढलेर यातायातमा समेत बाधा बनेको खबरहरू प्राप्त भइरहेको छ। घटनाको खबर पाएर सम्बन्धित क्षेत्रको क्विक रेस्पोन्स टीम घटना स्थलमा पुगेर निरीक्षण गर्नको साथै विशेष पहलमा तत्कालै जुटेको बताइएको छ। यसै क्रममा यहाँको प्लुङदुङ ग्राम पञ्चायत वार्ड नम्बर 6 मा रूपेश दहालको घरमा गएको पैह्रोको निरीक्षण गर्न क्युआरटी टोली पुगेको थियो भने टोलीले तारपोलिन लगायत अन्य आवश्यकीय सामाग्री उपलब्ध गराइएको छ। यसबारे आङ दोर्जी शेर्पाले जानकारी दिएका छन्।
