अधिक मात्रामा गाँजासहित एकजना पक्राउ

सिलगढी : एनजेपी पुलिसले 180 किलो गाँजासहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति कुचबिहार जिल्लाको साहेबगञ्ज निवासी चन्दन रायको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा गत राति एनजेपी थानाका ओसी समीर तामाङको नेतृत्वमा पुलिसले फुलबारी आमाईदिघी चेक पोस्टमा अभियान चलाएर एउटा कन्टेनरलाई रोकेर छानबीन गर्दा कन्टेनरको  सिक्रेट च्याम्बरबाट 180 किलो गाँजा उद्धार गरेको बताइएको छ। यसको साथै कन्टेनरका चालकलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको गाँजाको अनुमानित बजार मूल्य लगभग 28 लाख रुपियाँ रहेको छ भने उक्त गाँजा दिनहाटाबाट बारासाततर्फ लगिरहेको थियो। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *