अधिक मात्रामा याबा ट्याबलेट सहित 2 जना पक्राउ

सिलगढी : स्पेसल टास्क फोर्सले अधिक मात्रामा याबा ट्याबलेट सहित 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू मुर्शिदाबाद जिल्ला निवासी कुर्बान फराजी र महसीन शेखको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा स्पेसल टास्क फोर्सले सिलगढी संलग्न जटियाकाली नजिक 31 नम्बर राष्ट्रिय राजमार्गमा एउटा ट्रकलाई रोकेर छानबीन गर्दा 30 हजार याबा ट्याबलेट उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त याबा ट्याबलेट डिमापुरबाट ल्याएर मुर्शिदाबाद लैजाने तिनीहरूको योजना रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *