अधिवक्ता मुखर्जीद्वारा सुवासचन्द्र बोसमाथि चर्चा

मिरिक: सुप्रिम कोर्टका अधिवक्ता जयदीप मुखर्जीले मिरिक कोर्टमा मिरिक कोर्टका अधिवक्ता सुरज तामाङ अनि अधिवक्ता दीप्ति भण्डारीको विशेष उपस्थितिमा नेताजी सुवासचन्द्र बोसमाथि चर्चा गरे। नेताजीको तस्वीरमा माल्यापर्ण अनि दीप प्रज्ज्वलन गर्दै श्रद्धासूमन अर्पण गरेपछि नेताजी सुवासचन्द्र बोस अनि तिनले देशलाई अङ्ग्रेजहरुको गुलामीबाट आजाद गराउन खेलेको सशक्त भूमिका अनि देशको राजनीतिमा तिनको उपस्थिति विषयमा अधिवक्ता मुखर्जीले विस्तृत जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *