अध्यक्ष अनित थापाद्वारा 14 नम्बर वार्डमा चुनाउ प्रचार

दार्जिलिङ: दार्जिलिङ नगरपालिका चुनाउको निम्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले आज चुनावी जनसम्पर्क अभियानको क्रममा यहाँको 14 नम्बर वार्ड अन्तर्गत तुङ्गसुङ्ग क्षेत्रमा पुगेर चुनाउ प्रचार गरे।


उक्त चुनाउ जनसम्पर्क अभियान अवधि तिनीसित 14 नम्बर वार्डका पार्टी उम्मेदवार प्रदिप तामाङ, महासचिव अमर लामा, कालेबुङका विधायक तथा पार्टी उपाध्यक्ष रुदेन सादा लेप्चा, तिलक देवन लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *