अलीपुरद्वार, 17 दिसम्बर (निसं): फालाकाटा टाउन ब्लक तृणमूल काङ्ग्रेसले आगामी विधानसभा चुनाउको तयारी सुरु गरेको छ। आज फालाकाटा स्टेशन मोडस्थित अनुकूल चन्द्र मन्दिरमा पूजा-अर्चना गरेर तृणमूल काङ्ग्रेसले जनसम्पर्क यात्रा सुरु गरेको छ। यसको साथै कार्यकर्ताहरूले 17 नम्बर राष्ट्रीय राजमार्गको किनारमा दोकानदारहरूसित भेटेर सरकारका विकास परियोजनाहरूको लाभ जनताले पाउँदैछन् कि छैनन् भन्ने जानकारी लिएका छन्। त्यसपछि तृणमूल नेताले रैलीको माध्यमबाट विभिन्न क्षेत्रको भ्रमण गरेर प्रचार-प्रसार गरेका छन्। फालाकाटा टाउन ब्लक अध्यक्ष शुभब्रत देले भने, हामी मुख्यमन्त्री ममता ब्यानर्जीलाई अगाडि राखेर प्रचार गर्दैछौं। सरकारको विकास परियोजनाहरूको लाभ जनताले पाउँदैछन् कि छैनन् भन्ने जानकारी लिइरहेका छौं।
Alipurduar, North Bengal, Uncategorized
आगामी विधानसभा चुनाउको तयारी सुरु, फालाकाटा टाउन ब्लक तृणमूल काङ्ग्रेसको जनसम्पर्क यात्रा
17
Dec
Dec