आगो लागेर भान्सा घरको सबै सर-समानहरू जलेर नष्ट

राजगञ्ज (निसं): फाटापुकुरमा आगो लागेर एक जनाको घर जलेर भष्म भएको छ। उक्त आगलागीको घटना गत राति लगभग 11 बजे राजगञ्जको फाटापुकुर संलग्न डांगापाडास्थित एउटा घरमा भएको थियो। आगोले भान्सा घर जलेर खाक भएको छ। आगो लागेर भान्सा घरमा राखेका सबै भाडा-वर्तनहरू लगायत फर्नीचरहरू जलेर स्वहा भएको छ। उक्त आगलागीको घटना अवधि घरमा कोही पनि थिएनन्। स्थानीय छिमेकीहरूले आगो लागेको देखेपछि सर्वप्रथम आगोलाई निभ्याउने प्रयास गरे। यसपछि घटनाको खबर पाएर जलपाईगढीबाट एउटा दमकलको गाडी घटनास्थलमा आइपुग्यो।  प्राथमिक  अनुमान अनुसार उक्त आगो शर्ट सर्किटको कारण लागेको हो।


घरको गृहिणीले बताए अनुसार घटनाको समय तिनीहरू आफ्नो आफन्तको घरमा गएका थिए। तिनका पति श्यामल बर्मन मानसिक रूपले बिमार छन्। यता-उता घुमिरहन्छन्। घरमा अधिकजसो समय हुँदैनन्। तर आगो लागेको सुनेर तिनी आइपुग्दा आफ्नो घरमा आगो लागिरहेको देखे। उक्त घटनामा भान्सा घरमा राखेका सबै सर-समानहरू जलेर नष्ट भएको छ। तिनले नयाँ घर बनाउनका लागि प्रशासनिक सहायताको माग गरेका छन्।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş