अजय एडवर्ड आजदेखि तीनदिने मिरिक भ्रमणमा

मिरिक: अजय एडवर्ड फाउन्डेसनका संस्थापक अध्यक्ष अजय एडवर्ड आज तीनदिने भ्रमणमा मिरिक आइपुगे। मिरिक पुग्न साथ आज पहिलो दिन मिरिकका युवाहरुले एडवर्डलाई भव्य स्वागत जनाउँदै एउटा बाइक ऱ्यालीको पनि आयोजना गरे। आउँदो 25 नोभेम्बरको दिन दार्जिलिङ पहाडमा अर्को नयाँ राजनैतिक दलको उदय हुने भएको छ, जसको निम्ति अजय एडवर्डले 25 नोभेम्बरको दिन नै मिरिकबाट आफ्नो नयाँ राजनीतिक पार्टीको नाम पनि घोषणा गर्ने कार्यक्रम रहेको छ।


यस बारेमा अजय एडवर्ड फाउन्डेसन मिरिकका प्रमुख अरबिन सुब्बाले जानकारी दिएका छन्। मिरिक भ्रमणमा जाने क्रममा तिनलाई घुम भन्ज्याङ, चेकपोस्ट, सुकिया बजार, सियोक आदि ठाउँहरूमा रोकेर तिनका समर्थकहरूले भव्य स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *