अलगढा: कालेबुङ जिल्लाको अलगढा 16 माइल निवासी अग्नि पीडित डा. शिला पाख्रिनलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले आज भेटेर कुराकानी गरे। यस अवसरमा एडवर्डले अग्नि पीडित परिवारलाई 50 हजार रूपियाँ आर्थिक सहयोग पनि प्रदान गरे। स्मरण रहोस, गत 18 मार्च बेलुकी लगभग 7:30 बजी अलगढा 16 माइलस्थित शिला पाख्रिनको घर अघि गुम्बामा आगलागी हुँदा गुम्बा अनि घरमा भएको सम्पूर्ण सर-सामान लगायत 4 लाख रूपियाँ अनि 15 लाखको सम्पति जलेर नष्ट भएको जानकारी डा. शिला पाख्रिनले जानकारी गराएकी छन्।

तिनले बताए अनुसार गुम्बा छेउ गाई गोठ भएको कारण गाई गोठमा आगलागी हुँदा आगो बुझाउन नसकेपछि गुम्बामा पनि आगो लाग्यो भने उक्त आगलागी हुँदा एउटा गाई पनि जलेर मरेको थियो।
