अजय एड्वर्डद्वारा लामाहट्टाको सडक निर्माणको लागि सिमेन्ट अनि रड सहयोग

दार्जिलिङ: गोरामुमो लप्चु-पेशोक समष्टि अन्तर्गत लामाहट्टा 16 नम्बर सुनार गाउँमा गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डले सडक निर्माणको लागि 100 ब्याग सिमेन्ट अनि रड सहयोग गरेका छन्। विगत केही दिन अघि ब्राञ्च अध्यक्ष अजय एड्वर्डले समष्टि भ्रमणको क्रममा लामाहट्टा पुगेका थिए। स्थानीय बासिन्दा अनि समष्टि प्रतिनिधिहरुको अपिललाई स्वीकार्दै सडक निर्माणको कार्यमा सहयोग गरिदिने वचन दिएका थिए। यसैले गर्दा नै आफ्नो बचनलाई पूरा गर्दै अजय एड्वर्डले सडक निर्माण कार्यमा चाहिने आवश्यक सामाग्रीहरु प्रदान गरेका छन्। गोरामुमो समष्टि महासचिव तेन्जिङ भुटियाले यसबारे जानकारी गराउँदै समष्टि अनि स्थानीय वासिन्दाहरुको तर्फबाट आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *