अजय एडवर्डसले बिजनबारी लोवर रेलिङमा पुगेर शोकित परिवारसित भेट गर्नको साथै दिए सान्त्वना

बिजनबारी: हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसले आज बिजनबारी पुलबजार समष्टि अन्तर्गत लोवर रेलिङमा पुगेर तीन दिन अघि 45 वर्षीय महिला श्रीमति चित्रकला गुरूङको जघन्य हत्याकाण्ड भएको शोकित परिवारलाई भेट गर्नको साथै शोक प्रकट गरेर सान्त्वना दिए। यसको साथै एडवर्डले शोकित परिवारलाई न्याय दिलाउनको लागि आफु अघि आउने परिवार पक्षलाई वचन दिँदै स्वर्गीय चित्रकला गुरूङको आत्माले शान्ति पाउन साथै परिवारलाई सहने शक्ति प्रदान गरुन् भन्दै ईश्वरसित प्रार्थना चढ़ाए। स्मरण रहोस, गत सोमबारको दिन बिजनबारीको रेलिङ ग्राम पञ्चायत लोवर रेलिङ फोरजिरोमा 45 वर्षीय महिला चित्रकला गुरूङलाई दिउँसै तिनकै घरमा अज्ञात व्याक्तिले जघन्य हत्या गरेर धन सम्पति लुटपाट गरेर चम्पट कसेको घटनाले यस इलाकावासीहरूमा त्रासको माहौल छाएको छ। उक्त हत्याकाण्डको आरोपीलाई हिजो पुलिसले पक्राउ गरेको तर पुलिसले हत्याराको नाम अझसम्म सार्वजनिक गरेको छैन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *