दार्जिलिङ: दार्जिलिङ पहाडमा अब फेरि एउटा नयाँ राजनीतिक दलको उदय हुने भएको छ। सामाजिक कार्यपछि अब अजय एडवर्ड्सले नयाँ राजनीतिक दलको आजदेखि शुरूआत गर्ने भएका छन्। तिनले सोसल मीडिया मार्फत् दिएको जानकारीअनुसार आज बिहिबार साँझ 6 बजे आफ्नो नयाँ पार्टीको आधिकारिक रूपमा नाम घोषणा गर्ने भएका छन्। तिनले बताएअनुसार साइलेन्ट मेजोरिटीले नै नयाँ दलको नाम चयन गर्नेछ। स्मरण रहोस्, गत दुई महिनाअघि तिनले गोरामुमो पार्टीबाट राजीनामा दिएपछि हालसम्म सामाजिक कार्यहरू गर्दै आइरहेका छन्।
