अखिल भारतीय तामाङ बौद्ध संघद्वारा डा. आदित्य तामाङलाई सम्मान

सिलगढी : आरआर तक्दाह खण्ड अन्तर्गत पर्ने पुबुङ निवासी लाडुप तामाङ अनि अनिता तामाङका छोरा आदित्य तामाङ (मोक्तान)-लाई गत 4 फरवारीको दिन अखिल भारतीय तामाङ बौद्ध संघ केन्द्रिय समितिले निरपानीमा आयोजित 35औँ वार्षिक महाधिवेशनमा संवर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। डा. आदित्य तामाङले ईकोलोजिकल जेनिटिक्स विषयमा अध्यन गर्दै  ड्रोसोफिलामेलोगास्टर (भुशुना)-मा विधावारिता (पीएचडी) गरेवापत्  तिनलाई  अभाताबौस-ले सम्मान जनाउँदै शोध कार्यमा अघि बढिरहने अभाताबौस-का सचिव एमके योन्जनले शुभकामना दिँदै बधाई दिए। डा. आदित्य तामाङ हाल दक्षिण सिक्किमको विश्वविद्यालयमा जोलोजी विभागमा कार्यरत छन्। तीन दिने वार्षिक अधिवेशनमा विभिन्न तहमा समाजमा योगदान पुर्‍याउने व्यक्तिहरू लगायत उच्च शिक्षा हासिल गर्ने तामाङ सन्तानलाई अखिल भारतीय तामाङ बौद्ध संघले संवर्द्धना पत्र प्रदान गरेर सम्मान जनायो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *