खरसाङ : अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको भिमेश्वर मन्दिरको प्रांगनमा एक महत्वपूर्ण सभा कुमार प्रधानको अध्यक्षतामा सम्पन्न गरियो। सभामा नेवार संगठन एवम् मन्दिरको संरक्षण, सुन्दरीकरण लगायत अन्य विषयमा चर्चा गरियो। नेवार जाति, भाषा, संस्कार र सांस्कृतिक परम्परालाई कायम राख्न एवम् नेवार जातिलाई पनि केन्द्र सरकारको जनजाति सूचिमा अन्तर्भुक्त गराएर भावी पिढ़ीले सरकारी सहुलियत प्राप्त गर्न सकुन भन्नेबारे वक्ताहरूले जोड़ दिँदै सर्वसम्मतिद्वारा आगामी 21 नोभेम्बर आम सभा खरसाङको राजराजेश्वरी हलमा सम्पन्न गरिने निर्णय लिएको छ । उक्त दिन सबैलाई आईदिने अनुरोध गर्दै सुवास प्रधानले जानकारी दिएका छन्।
