एकीकृत कर्मचारी संगठनको मिरिकमा सभा

मिरिक: एकीकृत कर्मचारी संगठन मिरिक महकुमा समितिको महत्त्वपूर्ण सभा मिरिकस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। सभामा आउँदो 12 जनवरी खरसाङको मण्टिभियट खेल मैदानमा सम्पन्न हुने विशेष जनसभामा मिरिक महकुमा समिति, खरसाङ महकुमा समिति, दार्जीलिङ केन्द्रिय समिति अनि कालेबुङ जिल्ला केन्द्रिय समितिका नेतृत्व एवं कर्मचारीहरुको व्यापक उपस्थिति रहने जानकारी संगठनका प्रवक्ता डीपी शेर्पाले दिएका छन्। उक्त जनसभामा विगत 27 दिसम्बर 2020- को दिन संगठनको केन्द्रिय सदस्य एवं हिल टीएमसी-को शीर्ष प्रतिनिधि टोलीले राज्यका विभिन्न विभागीय मन्त्री, अधिकारीवर्ग एवं सचिवहरुसित पे-ब्यान्ड कर्मचारीहरुको स्थायीकरण अनि विभिन्न मुद्दाहरु बारे भएको प्रगतिबारे खुलासा गरिने थप जानकारी प्रवक्ता शेर्पाले जानकारी दिएका छन्। तिनले यसै विषयमाथि सभामा छलफल गरिएको जानकारी दिँदै एकीकृत कर्मचारी सङ्गठनका सम्पूर्ण सदस्यहरु जनसभामा उपस्थित हुने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *