अलिपुरद्वारका भाजपा अध्यक्ष गङ्गा प्रसाद शर्मा सहित सात नेता तृणमूलमा सामेल

कोलकाता: उत्तर बङ्गाल भाजपामा पहिरो जाने क्रम शुरू भएको देखिन्छ। उत्तर बङ्गाल राज्य गठनको समर्थनमा स्थानीय भाजपा सांसद जोन बारलाले माग गरेको केही दिन पनि राम्ररी नबित्दै आज राज्यको तृणमुल भवन कोलकातामा अलिपुरद्वारका भाजपा अध्यक्ष गङ्गा प्रसाद शर्मासहित उत्तर बङ्गालका सात जना भाजपा नेताहरू तृणमुलमा सामेल भएका छन्। आज तृणमुलमा सामेल हुने नेताहरूमा गङ्गा प्रसाद शर्मा लगायत अलिपुरद्वारका साधरण सचिव बीरेन्द्र बाढा, सचिव विनोद भिन्ज, उपाध्यक्ष विप्लव सरकार, कुमारग्राम मण्डल अध्यक्ष निशान लामा, कालचिनीका भाजपा नेता कृपा शङ्कर जैश्वाल, कालचिली सह-संयोजक ईश्वर कुमार विश्वकर्मा अनि अलिपुरद्वार भाजपा नेता अशिम कुमार लामा सामेल छन्। केही राजनीतिक विश्लेषकहरू अनुसार यस दल परिवर्तनको मामिलालाई मुकुल राय तृणमुलमा सामेल भइसकेपछि आएको परिणाम मानिरहेका छन्। मुकुल भाजपामा सामेल बनेपछि कम्तीमा तीसजना भाजपा विधायक अनि दुई सांसद मुकुलको सम्पर्कमा रहेको बताइएको थियो। यद्यपि यस कुरामा कतिको सत्य छ भन्ने कुरा अहिले नै भन्न सकिएको छैन्। गङ्गा प्रसाद लगायत अन्यले आज राज्यसभा प्रमुख व्हीप शुखेन्दु शेखर राय, शिक्षा मन्त्री ब्रक्त बसु, मुकुल राय अनि अलिपुरद्वार तृणमुल अध्यक्ष मृदुल गोस्वामीको उपस्थितिमा तृणमुलको झण्डा ग्रहण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

girişcasibom girişcasibomcasibom girişcasibom girişcasibomcasibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom giriş