आलिपुरद्वारमा बसले धक्का दिँदा बाईकमा सवार शिक्षकको मृत्यु

आलिपुरद्वार (निसं): बसको धक्का लागेर बाईकमा सवार एकजना स्कूलका शिक्षकको मृत्यु भएको छ। मृतक शिक्षकको नाम भजन साहा थियो। तिनी आलिपुरद्वार जिल्लाको बारभिसा निवासी थिए। तिनी आलिपुरद्वारको घरघरिया हाई स्कूलमा शिक्षकको रूपमा कार्यरत थिए। अन्य दिनहरूमा झैं शुक्रवार बिहान पनि भजन साहा घरबाट बाइकमा सवार भएर स्कूल गइरहेका थिए। सोल सालाबारी राष्ट्रीय राजमार्गमा गइरहेको समय एउटा सरकारी बस नियन्त्रण भएर तिनको बाइकलाई जोडसित धक्का दियो। उक्त घटनामा भजन साहा बसको मुनि पसे। चालकले तत्कालै बस रोके अनि यसपछि बस मुनि फँसेकोले तिनलाई बाहिर निकाले। खबर पाएर घटनास्थलमा आइपुगेको पुलिसले यसपछि गम्भीर अवस्थामा भजन साहालाई आलिपुरद्वार जिल्ला अस्पतालमा पुऱ्याए, जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet