अलीपुरद्वारमा चट्याङले 15 जना चिया श्रमिक घाइते

अलीपुरद्वार (निसं): अलीपुरद्वारमा चट्याङले 15 जना चिया श्रमिक घाइते भएका छन्। घाइतेहरूमध्ये 2 जनाको स्थिति गम्भीर रहेको बताइएको छ। आज बिहान डुवर्समा चट्याङको गर्जनसहित अधिक पानी पऱ्यो। यस अवधि अलीपुरद्वारको चुवापाडा चिया बगानमा श्रमिकहरू पत्ती टिपिरहेका समय तिनीहरूको सामु चट्याङ पड्किँदा 15 जना चिया श्रमिक घाइते भएका छन्। ती घाइतेहरूमा 9 जना महिला श्रमिक सामेल छन्। तिनीहरूलाई तत्कालै लताबाडी अस्पतालमा लगियो, जहाँ दुई जना महिला श्रमिकको हालत गम्भीर रहेको कारण तिनीहरूलाई त्यहाँबाट अलीपुरद्वार जिल्ला अस्पतालमा रेफर गरिदिएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *