खरसाङ: अल इन्डिया फुटबल फेडेरेशनको उप सभापति एवम् इन्डियन एसेसिएसनका चेयरम्यान सुब्रत दत्तलाई खरसाङमा संवर्द्धना जनाइयो। खरसाङको टुरिस्ट लजमा खरसाङ फुटबल एसोसिएसनको तर्फबाट तिनलाई संवर्द्धना जनाइएको जानकारी प्राप्त भएको छ। सुब्रत दत्तले इण्डियन फुटबलमा दिएको योगदानको लागि खरसाङ फुटबल एसोसिएशनले सम्मान जनाएको हो। यस अवसरमा खरसाङ क्षेत्रमा फुटबल खेल मैदानको आवश्यकता रहेको विषयमा पनि तिनीसित चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। तिनले आईएफएको अधीनमा रहेर खरसाङमा जिल्ला स्तरीय महिला फुटसल टुर्नामेन्ट आयोजना गर्ने सुझाउ दिएको र उक्त कुरालाई खरसाङ फुटबल एसोसिएसनले सहमति जनाएको जानकारी प्राप्त भएको छ।
