अमित शाहले गरे सिलगढी सहरमा रोड शो, दिदीको पराजय निश्चित रहेको दावी

सिलगढी : केन्द्रीय गृह मन्त्री अमित शाहले आज साँझको समय सिलगढी सहरमा भाजपा प्रार्थीहरूको समर्थनमा आयोजित रोड शो-मा अंश ग्रहण गरे। यस अवसरमा उपस्थित हजारौँ संख्यामा भेला भएका पार्टीका समर्थकहरूले तिनलाई फुलमालाको अति भव्य रूपमा स्वागत जनाउँदै जय श्री राम तथा भारत माताको जय जयकार गर्दै नाराबाजी गरे। यसपछि उपस्थित जनतालाई सम्बोधन गर्दै बङ्गालको जनताले ममता ब्यानर्जीको सरकारलाई यसपल्ट पराजित गरेर भाजपाको सरकार गठन गर्नेछ भनी बताए। धेरै वर्षअघि बङ्गालमा शरणार्थी भएर आएका मानिसहरूलाई दिदीले नागरिकता नदिएको आरोप लगाउँदै भाजपा सरकारले सीएए-को कानुन ल्याए तापनि यसको तिनले विरोध गरेको बताए। दिदीले जे जति सबै कुरोको विरोध गरे तापनि अब 2 मईको दिन चुनाउको परिणामपछि तिनले कसरी विरोध गर्दोरहेछन् भन्दै तिनले दिदीप्रति कटाक्ष कसे। तिनले बङ्गालमा अनुप्रवेशकारीहरूको उल्लेख गर्दै बङ्गालमा भाजपा सरकार आएपछि यसमा पूर्ण रूपले अङ्कुश लगाइने छ भनी बताए। तिनले आउँदो 17 मईको दिन हुने चुनाउमा निर्धक्क भएर चुनाउ बुथमा गएर मतदान गर्ने आहवान गर्दै यसपल्टको चुनाउमा दिदीको गुण्डाहरूले बाधा पुर्‍याउन नसक्ने दावी गरे। भाजपा प्रार्थीको पक्षमा कमलको फुलको चिन्हमा मतदान गरेर विजय बनाउने आहवान गर्दै बङ्गालमा भाजपा सरकार आएपछि यहाँको चौतर्फी विकास गरेर लैजाने वाचा पनि गरे।

यसको साथै राज्यलाई भ्रष्टाचार मुक्त पार्ने अनि सबै तहका मानिसहरूको आवश्यक सबै सुख सुविधाहरू भाजपा सरकारले पुरा गर्नेछ भनी बताए। बङ्गालमा यसभन्दा अघिको कङ्ग्रेस सरकार, वामफ्रन्ट अनि तृणमूल कङ्ग्रेसलाई मौका दिए तापनि कुनै प्रकारको विकास तथा समस्याहरूको समाधान गर्न नसकेकोले अब नरेन्द्र मोदीलाई केवल 5 वर्षको लागि भोट दिएर एकपल्ट मौका दिने सबैसित अमित शाहले अपील गरे। चुनाउ जितेको खण्डमा बङ्गाललाई सोनार बङ्ग्ला बनाउने तिनले वचन दिए। तृणमूलले बङ्गालमा हालसम्म सेन्डीकेट राज, कट मनि, भाइ-भतीजावाद, सन्त्रास फैलाइरहेको साथै उत्तर बंगाललाई विकासबाट वञ्चित गराएको आरोप लगाउँदै यी सबबाट बाँच्नको लागि उत्तर बङ्गालका भाजपा प्रार्थीहरूलाई विपुल मतले विजय बनाउने तिनले फेरि एकपल्ट आहवान गरे। यस अवसरमा अमित शाहसित दार्जिलिङ जिल्लाका सांसद तथा पार्टीका प्रवक्ता राजु बिष्ट, सिलगढी विधानसभाका प्रार्थी शंकर घोष, डाबग्राम-फुलबारीका प्रार्थी शिखा च्याटर्जी, मतिगढा-नक्सलबारीका प्रार्थी आनन्दमय बर्मन लगायत भाजपाका केही शीर्ष नेताहरू उपस्थित थिए।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinomatadorbetsahabetonwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes