अमित सुब्बा विकल्पको हाँस्य व्यङ्ग्य संग्रह ‘गिफ्ट’-को लोकार्पण हुने

खरसाङ: खरसाङ क्षेत्रबाट लगातार रूपमा हाँस्य व्यङ्ग्य संग्रह लेख्दै आएका मार्गरेट्सहोप बाँसघारी निवासी अमित सुब्बा विकल्पको तेस्रो हाँस्य व्यङ्ग्य संग्रह गिफ्ट-को आगामी 21 अगस्त आइतबारको दिन लोकार्पण गरिने भएको छ। उक्त कृतिको लोकार्पण आगामी 21 अगस्त आइतबारको दिन खरसाङमा बिहान 10.30 बजेदेखि हुने भएको जानकारी प्राप्त भएको छ। अमीत सुब्बा विकल्पको योभन्दा पहिला सन् 2012 मा म पढ़ेको अनपढर सन् 2018 मा सेल्फी थुतुनोप्रकाशित छन्। मार्गरेट्सहोप बाँसघारी निवासी अमीत सुब्बा विकल्प हाल खरसाङमा छन्। तिनको तेस्रो हाँस्य व्यङ्ग्य संग्रह लोकार्पण कार्यक्रममा सबैलाई उपस्थितिको लागि आह्वान् गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *