अनित पन्थीको खरसाङ नगरपालिकाको वार्ड नम्बर 20 मा वार्ड पसौं अभियान

खरसाङ : अनित पन्थीको वार्ड पसौं अभियान र प्रशाखा गठनको कार्य हाल निरन्तर रुपमा चलिरहेको छ। यसै क्रममा आज अनित पन्थीको साङ्गठनिक सभा खरसाङ नगरपालिकाको वार्ड नम्बर 20 मा सम्पन्न भयो। सभामा नारी मोर्चाका खरसाङ टाउन कमिटीका सभापति सबिता कार्की, 29 नम्बर समष्टिको सचिव भक्तिमान तामाङ, टाउन कमिटी सचिव सूर्यकमल छेत्री, टाउन कमिटी संयोजक समीरदीप ब्लोन, वार्ड नम्बर 20 का वार्ड पार्षद सुवास प्रधान आदिले वक्तव्य राखे। उक्त साङ्गठनिक सभापछि पत्रकारहरूसित कुराकानी गर्दै युवा मोर्चा खरसाङ टाउन कमिटीका सभापति सन्दीप प्रधानले आजको साङ्गठनिक सभा विषयमा विस्तृत रुपमा बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *