मिरिक: गत केही महिना अघि प्लुङ्दुङ निवासी कलिना राईको भिडियो एउटा हिन्दी यूट्युब न्यूज च्यालनमा भाइरल बनेको थियो। तिनले उक्त यूट्युब न्यूज च्यालनमा आफु चिया कमान निवासी रहेको साथै आफ्नो घर राम्रो नभएकोले धेरै असुविधा रहेको कुरा बताएकी थिइन्। यसपछि विकरण फाउन्डेसनको तर्फबाट तिनलाई घर बनाउने आर्थिक सहयोग दिएका थिए। यसको साथै उक्त भआइरल भिडियो हेरेपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले कलिना राईलाई एउटा घर बनाइदिने वचन दिएका थिए। तिनले आफ्नो वचन पूरा गर्दै कलिना राईको नयाँ घर निर्माण गरिदिए पछि आज अनित थापा स्वयंले कलिना राईको नयाँ घरको उद्घाटन गरे। घरको उद्घाटन भएपछि कलिना राईले पत्रकारहरु सामु नयाँ घर बनिएपछि आफु निक्कै खुशी भएको बताइन् भने विकरण फाउन्डेसन साथै अनित थापालाई तिनले धन्यवाद दिएकी छन्।
