अनित थापाको पहलमा मुण्डाकोठीका दुईजना बिरामीलाई व्हिल चेयर प्रदान

सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापा अनि केन्द्रिय सदस्य एवम् रङ्गबुल धोतरिया रङ्गमुक समष्टि समन्वयक राजेश चौहानको पहलमा मुण्डाकोठी चियाबारीका दुईजना बिरामीलाई आज व्हिल चेयर प्रदान गरियो। मुण्डा बाँसघारी र गैरी गाउँका दुई बिमारीहरुले आर्थिक अवस्था कमजोर भएको कारण गत धेरै दिनदेखि धेरै असुविधाहरु सहन गर्न परिरहेको थियो। धेरैजनाले यस क्षेत्रमा आएर भ्रमण गरेर बिरामी हेरेर गए तापनि तिनीहरुबाट भने जस्तो सहयोग पाएका थिएनन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका संस्थापक अध्यक्ष अनित थापा साथै केन्द्रीय समिति सदस्य राजेश चौहान हालै भ्रमण अवधि उक्त बिमारीहरुलाई हेर्न पुगेका थिए। अनित थापा र राजेश चौहानको पहलमा नै आज ती दुई बिमारीहरुलाई व्हिल चेयर प्रदान गरेको बताइएको छ। उक्त पहललाई सराहना गर्दै यस क्षेत्रवासीको तर्फबाट श्रीमती सङ्गीता छेत्रीले हार्दिक धन्यवाद दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *