अनित थापाको पहलमा तीनधारे महानदीमा सड़क निर्माणको कार्य शुरू

खरसाङ : तीनधारे महानदी समष्टी अन्तर्गत सिविटार चियाबारीको 12 नम्बर गाउँसम्म पुग्ने सड़क निर्माणको कार्य थालिएको छ। महानदीदेखि सिविटार चियाबारी र तीनधारेदेखि सिविटारसम्म प्रधानमन्त्री ग्राम सड़क परियोजना अन्तर्गत सड़क निर्माण भएपनि सिविटारको 12 नम्बर गाउँमा भने अहिलसेम्म सड़क पुगेको थिएन तर यसपाली जीटीए चेयरम्यान अनित थापाको पहलमा यस गाउँसम्म पुग्ने सड़क निर्माणको लागि कार्य थालिएको भन्दै गाउँलेहरूले खुशी व्यक्त गरेका छन् । महानदीदेखि सिविटारको गैरी गाउँसम्म आएको सड़कबाट तितिरी खेल मैदानसम्म आएको सड़क मार्ग अन्तर्गत नै वीरदले गाउँदेखि 12 नम्बर गाउँसम्म पुग्ने सड़क निर्माणको कार्य थालिएको छ। उक्त सड़क निर्माणको कार्य आईआरडीएफमार्फत् गरिएको जानकारी प्राप्त भएको छ। यस सड़क निर्माणको लागि गरिएको शिलान्यास कार्यमा गोजमुमो तीनधारे महानदी समष्टीको सांगठनिक सचिव एवं सिविटार बुथ कमिटीका सभापति उत्तम छेत्री, बुथ कमिटीका कार्यकारी सभापति कुसाङ लामा, 12 नम्बर गाउँको सव कमिटीका संयोजक नवराज छेत्री लगायत अन्यहरू उपस्थित थिए। गाउँमा सड़क निर्माणको कार्य थालिएकोमा स्थानीयहरूले जीटीए चेयरम्यान लगायत अन्य पदाधिकारीहरूप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet