अनित थापालाई भेटे संघ-संगठनका प्रतिनिधिहरूले

कालेबुङ: जीटीए-का प्रमुख कार्यपाल अनित थापा चुनाउ जितेपछि पहिलोपल्ट हाल कालेबुङ जिल्लाको भ्रमणमा रहेका छन्। परिभ्रमणको दोस्रो दिन आज सोमबार बिहानदेखि नै तिनले यहाँका विभिन्न संघ-संस्थानका प्रतिनिधिहरूसित भेटघाट कार्यक्रम गरिरहेका छन्। तिनले आज हालसम्म कालेबुङ वेलफेयर संगठन, हेडमास्टर एसोसिएसन कालेबुङ, भारतीय गोर्खा परिसंघ कालेबुङ साथै नेपाली अध्ययन समितिका प्रतिनिधिहरु सँग भेट गरेर विभिन्न विषयमा चर्चा-परिचर्चा गरे।


यसैगरी, सभासद् विकास राई बिरामी भएर अस्पतालमा भर्ना भएको खबर पाएर अनित थापाले आज कालेबुङका विधायक रुदेन सादा लगायत अन्य नेतृत्वहरुको साथमा अस्पतालमा गएर तिनको स्वास्थ्य विषयमा जानकारी लिए। यसको साथै तिनको शीघ्र सुस्वास्थ्यको कामना पनि गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *