अनित थापाले अम्बोटिया कमानका ट्रेड युनियन र श्रमिकहरूसँग गरे बैठक, तिहार अघि नै श्रमिकहरूले रहल बोनस र रोज पाउने

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष तथा जीटीए प्रमुख कार्यपाल अनित थापाले आज खरसाङको अम्बोटिया चिया कमानका ट्रेड युनियनका नेताहरु लगायत त्यहाँका चिया श्रमिकहरूसँग बैठक गरे। उक्त बैठक अवधि अनित थापाले घोषणा गरे अनुसार, तिहार अघि नै अम्बोटिया चिया कमानका श्रमिकहरूले रहल 10 प्रतिशत बोनस अनि दैनिक रोज पाउनेछन्। तिनले अझ भने, चिया श्रमिकहरूको समस्याको समाधान गर्नु नेतृत्वको काम हो। दार्जिलिङको बन्सल कम्पनी अधिनस्थ मोठ 10 वटा चिया बगान (दार्जिलिङ अर्ग्यानिक टी)-का श्रमिकहरुले यसपालीको दसैँमा धेरै दुःख पायो। म यही समस्या सुल्झाउन दिन-रात लागेको थिए। म कमानको मालिकसँग डायलगमा बसे। नरबुङ सिविटार चिया बगान किन्ने मालिकले नै अम्बोटिया चिया कमान पनि किनेको पनि तिनले जानकरी गराए। आज कमानको जेनरल म्यानेजर कमानमा आउनेछन्। नयाँ मालिकले यस कमानका श्रमिकहरुले पाउनु पर्ने रहल 10 प्रतिशत बोनस अनि दैनिक रोज दिवाली अघि नै दिनेछन्। यो मेरो कमान मालिकसँग बसेको डायलगको परिणाम हो भनी अनित थापाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *