अनित थापाले गरे घैयाबारीमा गीता छेत्री मेमोरियल सार्वजनिक भवनको उद्घाटन

खरसाङ : जीटीए चेयरम्यान अनित थापाको बाहुलीबाट आज खरसाङको घैयाबारीमा सार्वजनिक भवनको उदघाटन गरियो। तीनधारे- महानदी समष्टी अन्तर्गत घैयाबारीको माने डाँड़ामा 31 लाख 62 हजार 1 रुपियाँको लागतमा निर्मित गीता छेत्री मेमोरियल सार्वजनिक भवनको उद्घाटन जीटीए चेयरम्यान अनित थापाले गरे। उक्त उद्घाटन कार्यक्रम भूतपूर्व सैनिक संगठन तीनधारे महानदी समष्टीको सभापति मणिकुमार छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। युवा मोर्चा तीनधारे- महानदी समष्टीका प्रवक्ता बिपन विश्वकर्मले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण वाङ्दी लामाले राखेका थिए। कार्यक्रममा हिमालयन कन्स्ट्रक्शन एजेन्सीको तर्फबाट राजु छेत्रीले वक्तव्य राखे। कार्यक्रममा समाज कल्याण समिति मानेडाँड़ा घैयाबारीको तर्फबाट जीटीए चेयरम्यान अनित थापालाई सम्बर्द्धना जनाइयो। कार्यक्रममा जीटीए चेयरम्यान अनित थापाले आफ्नो सम्बोधनमा यो सार्वजनिक भवन यस गाउँ र समाजको लागि हो, यो भवनमा चाहिने सबै सर सामानहरू म प्रदान गर्नेछु भनी बताए। तिनले भने, अधिक भाषण नदिएर म जनतालाई सोझै भेट्न चाहन्छु। भाषणमा होइन जनताको समस्या भेटघाट गरेर नै बुझ्न चाहन्छु अनि सबैलाई भेटन चाहन्छु। कार्यक्रममा जीटीए बीओए सदस्या अनु प्रधान, गोजमुमो खरसाङ महकुमा समितिको साङ्गठनिक राजीव थापा र दया देवान, नारी मोर्चाका खरसाङ महकुमा समितिका सचिव मैया ठकुरी, तीनधारे महानदी समष्टीका सभापति रबीन सुब्बा, सचिव सञ्जीव लामा, कार्यकारी सभापति सीबी राई, नारी मोर्चाबाट समष्टी सभापति निरा प्रधान, सचिव भगवती प्रधान, युवा मोर्चाका समष्टी सभापति केवल राई, सचिव सञ्जीव मंगर, साजन दर्जीलगायत विभिन्न बुथका सभापति, सचिवहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubahsegel girişbaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞcasibom