अनित थापा मिरिकको तीनदिने चुनावी प्रचारमा

मिरिक: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अध्यक्ष एवम् गोर्खा जनमुक्ति मोर्चा महासचिव अनित थापा तीन दिवसीय भ्रमणमा आज मिरिक आइ पुगेका छन्। अनित थापाले आज दिनभरि नै पार्टीका प्रतिनिधि अनि विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूसित सभा गरेर आगामी विधान सभा चुनाउबारे रणनीति तयार पारे। यस अवसरमा अनित थापाले भने, आगामी चुनाउमा मतदाताहरूले तोडफोड गर्ने, भत्काउने अनि जलाउनेलाई भोट लगाउने कि पहाडलाई निर्माण गरेर विकासको मार्गमा अग्रसर गराउने पार्टीलाई दिने हो जनताले निर्णय गर्नुपर्छ। हामी सोंचमा परिवर्तन ल्याउन चहान्छौ। यसैले मैले पार्टीका कार्यकर्ताहरूलाई यसपाली कसैलाई पनि ढाटेर भोट नमाग्नु भनेको छु। हामी चुनाउमा कुनै स्टार प्रचार ल्याउदैनौ। हाम्रो स्टार प्रचार भनेको नै युवा अनि कार्यकर्ताहरू हुन् भन्दै आफुहरू पहाडको भविष्य राम्रो बनाउने प्रयासमा रहेको तिनले बताए। तिनले अझ भने, दार्जिलिङ पहाडमा धेरै समस्या छ। युवाहरूको बेरोजगारी समस्या समधान गर्नुपर्छ यसमा हामीले कार्य गरिरहेका छौ। मिरिक आगमनको समय हिल्स तृणमूल कङ्ग्रेस अध्यक्ष एलबी राईसित भेटवार्ता गर्ने अथवा नगर्ने विषयमा सोधिएको प्रश्नको जवाब दिँदै आफु जीटीएको चेयरम्यान हो भने एलबी राई मिरिक नगरपालिकाको चेयरम्यान हो, यसैले समय मिल्यो भने अवश्यै भेट गर्ने तिनले बताए। टेट परीक्षाबारे विपक्षी दलहरूले लगाएको अभियोगबारे बोल्दै अनित थापाले भने, सरकारी नियम अनुसार नै टेट परीक्षा भएको छ अनि टेट परिक्षाको परिणाम चुनाउपछि सार्वजनिक हुनेछ । तिनले आगामी विधान सभा चुनाउमा संघ-संस्थानहरूलाई साथमा लिएर हिड्ने बताउँदै युवा अनि नारीहरूको हितलाई ध्यानमा राखेर पार्टीको तर्फबाट उम्मेद्वार खडा गरेको तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/