अनियन्त्रित भएर लरी दुर्घटनाग्रस्त

खोरीबारी : अनियन्त्रित भएर एउटा लरी दुर्घटनाग्रस्त भएको छ। आज बिहान सिलगढीदेखि बिहार जाने क्रममा खोरीबारीको बतासीस्थित दुर्गा मन्दिर इलाकामा उक्त लरी अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको हो। प्रत्यक्षदर्शीहरूले बताएअनुसार लरी द्रुत गतिमा रहेकोले गर्दा नै अनियन्त्रित भएर सडकदेखि 100 मिटर टाढा रुख भच्चाएर एउटा घर अघि पसेको बताइएको छ। ठुलो शब्द सुनेपछि स्थानीय मानिसहरू घटनास्थलमा आइपुगे। उक्त लरी भित्र चालक तथा खलासी अड्केका थिए। स्थानीय मानिसहरूको सहयोगमा तिनीहरूलाई उद्धार गरेर बतासी अस्पतालमा पठाएको छ। घटनाको खबर पाएर खोरीबारी पुलिस घटनास्थलम पुगेर लरी आफ्नो नियन्त्रणमा लिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *