खोरीबारी : वाहन अनियन्त्रित भएर सडक किनारमा रहेको पान दोकानलाई धक्का दिँदा दोकान मालिक गम्भीर रूपमा घाइते भएका छन्। उक्त घटना गत राति खोरीबारीको पानीट्याङ्की संलग्न इलाकाको 327 राष्ट्रिय राजमार्गमा घटेको हो। प्राप्त जानकारी अनुसार एउटा वाहन बिहारबाट सिलगढीतर्फ आइरहेको समय अनियन्त्रित भएर सडक किनारमा रहेको पान दोकानलाई धक्का दिँदा दोकानका मालिक गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनापछि गम्भीर घाइते अवस्थामा दोकान मालिक अनिल रायलाई उद्धार गरेर उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरे तापनि पछि सिलगढीको एउटा गैर सरकारी नर्सिङ होममा भर्ना गरिएको छ। घटनापछि वाहन चालकले सुइँकुच्चा ठोकेको छ। स्थानीय मानिसहरू आक्रोशित बनेर वाहनमा तोडफोड गरे। घटनाको खबर पाएर खोरीबारी थाना पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।
