अनियन्त्रित भएर ट्याङ्कर पल्टिँदा चालक घाइते  

फाँसीदेवा (निसं): फाँसीदेवा ब्लकको भीमबारमा एउटा ट्याङ्कर अनियन्त्रित भएर सडक किनारमा पल्टिँदा चालक घाइते भएका छन्। प्राप्त जानकारी अनुसार उक्त ट्याङ्कर कोलकातादेखि सिलगढीतर्फ आइरहेको समय भीमबार इलाकामा ट्याङ्कर अचानक अनियन्त्रित भएर सडक किनारमा पल्टिएको बताइएको छ।  स्थानीय मानिसहरूले घटनाबारे पुलिसलाई खबर दिएपछि विधाननगर जाँच केन्द्रको पुलिस घटनास्थलमा पुगेर घाइते चालकलाई उद्धार गरेर  अस्पतालमा पठाएको छ।  विधाननगर जाँच केन्द्रको पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO