अनियन्त्रित लरीको धक्काले पल्टियो हाई टेन्सन इलेक्ट्रिक पोल, राष्ट्रिय राजमार्गमा जाम

फूलबारी, 30 अक्टोबर (निसं): चामल बोकेको एउटा लरी सोझै ठोक्किँदा हाई भोल्टेजको विद्युत पोल भाँचिएर राष्ट्रिय राजमार्गमा झरेको छ। यो घटना घोषपुकुर-फुलबारी बाइपास राष्ट्रिय राजमार्ग-27 मा भएको हो।
जानकारी अनुसार, बुधबार बिहान घोषपुकुरबाट फुलबारी तर्फ तीव्र गतिमा जाँदै गरेको एउटा लरी अनियन्त्रित भएर हाई भोल्टेजको पोलमा ठोक्कियो। उक्त घटनामा पोल भाँचिनको साथै लरी सडक किनारमा पल्टियो। घटना पछि लरी चालकले चम्पट कसेका छन्।
घटनाको खबर पाएपछि फाँसीदेवा थाना पुलिस र विद्युत विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर उक्त विद्युत हाई भोल्टेजको भाँचिएको खम्बालाई मुल सडकबाट हटाए। यस घटना पछि राष्ट्रिय राजमार्गमा यातायात पूर्ण रूपमा ठप्प बन्यो। तर पछि विद्युत विभागका कर्मचारीहरूले स्थिति सामान्य पारे। पुलिसले लरी चालकको खोजी गर्नको साथै सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *