अनियन्त्रित लरीले स्कुटीलाई धक्का दिँदा भाग्यले बाँचे स्कुटी चालक र माछा विक्रेता

सिलगढी : एउटा लरी अनियन्त्रित भएर स्कुटीलाई धक्का दिँदा स्कुटी चालक र माछा विक्रेता भाग्यले बाँचे। प्राप्त जानकारी अनुसार इस्टर्न बाईपासको बानेश्वर मोडबाट एउटा लरी आशिघरतर्फ गइरहेको समय अचानक अनियन्त्रित भएर एउटा स्कुटीलाई धक्का दिएपछि सडक किनारको एउटा घरभित्र पस्यो। घटनामा स्कुटी चालक र सडकको किनारमा रहेका माछा विक्रेता भाग्यले बाँचे। तिनीहरूलाई सामान्य चोट लागेको छ। घटनापछि लरी चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। उक्त घटनापछि इलाकामा तनाउको माहौल देखापर्यो। आक्रोशित इलाकावासीहरूले उक्त लरीमा तोडफोड गरे। घटनाको खबर पाएर आशिघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेका थिए। घटनापछि इलाकामा जामको समस्या देखापर्यो। स्थिति नियन्त्रणमा ल्याउनको लागि भक्तिनगर ट्राफिक पुलिस पनि घटनास्थलमा पुगेका थिए। आशिघर आउटपोस्ट पुलिसले क्रेनको सहयोगले उक्त लरी उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *