सुकेपोखरी: विशेष गरेर विकलाङ्ग नानीहरू शिक्षादेखि वञ्चित नहोस् अनि तिनीहरू स्वस्थ्य रहेर शिक्षा आर्जन गर्न सकून् भनेर हौसला प्रदान गर्न मानव अनुसन्धान मन्त्रालय पश्चिम बङ्गाल सरकार सुकिया पोखरी क्षेत्रद्वारा भाइसेन थापाको अध्यक्षतामा अन्तर्राष्ट्रिय विकलाङ्ग दिवस पालन गरियो । त्रनिशा लामाको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रमका अन्य अतिथिहरूमा पासाङ शेर्पा, योजना शेर्पा, मिङमा शेर्पा आदिको विशेष उपस्थिति रहेको थियो।