दार्जिलिङ : अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा गुड नेभर तथा कल्पवृक्ष वेल्फर सोसाइटीको तर्फबाट सरकारी जिल्ला अस्पतालमा रक्तदान शिविरको आयोजना गरियो।

उक्त शिविरमा हाम्रो पार्टी-का अध्यक्ष अजय एडवर्ड्स लगायत नगरपालिकाका उम्मेद्वारहरू तथा एडवर्ड्स फाउण्डेसनका सदस्यहरूले रक्तदान प्रदान गरे। उक्त शिविरमा अजय एडवर्ड्स अनि तिनकी स्वास्नी श्रीमती नम्रता एडवर्ड्सले पनि रक्तदान गर्दै सबैलाई रक्तदान गर्ने अपील पनि गरे।
