मिरिक: सिद्धार्थ तथागत कला साहित्य संस्थानको आयोजनामा उत्तर प्रदेशको सिद्धार्थ नगर इटवा बजारमा आयोजित अन्तर्राष्ट्रिय तथागत सृजन सम्मान कार्यक्रममा दार्जिलिङ पहाड अनि डुवर्सका सर्जकहरू सम्मानित भएका छन्। सम्मानित हुने यी पाँचजना सर्जकहरूमा बरिष्ट साहित्यकार मनप्रसाद सुब्बा, समालोचक डा. रेमिका थापा, कथाकार साङ्मू लेप्चा, कवयित्री कमला तामाङ र कथाकार विनोद शर्मा प्रसाईं सामेल छन्। कार्यक्रममा बरिष्ट साहित्यकार मनप्रसाद सुब्बालाई अन्तर्रार्ष्ट्रीय तथागत विशिष्ट समान्न पुरस्कार,कमला तामाङलाई तथागत अति विशिष्ट सृजन सम्मान अनि डा. रेमिका थापा, कथाकार साङ्मु लेप्चा र कथाकार विनोद शर्मा प्रसाईलाई राष्ट्रिय तथागत सुजन सम्मान पुरस्कार प्रदान गरियो। सम्मानित व्यक्तिहरूलाई आयोजक समितिले स्मृति चिन्ह, अङ्ग वस्त्र आदि प्रदान गरे। उक्त कार्यक्रममा उत्तर प्रदेश, दार्जिलिङ, डुवर्स, असम, नेपाल आदि ठाँउका विशिष्ट साहित्यकारहरूको उपस्थिति रहेको थियो।
