मिरिक: तराईको अर्ड चियाकमानमा आज बिहान एउटा वयस्क मरेको चितुवा देखेपछि हो-हल्ला मच्चियो। प्राप्त जानकारी अनुसार अर्ड चियाकमानका गाउँका मानिसहरू गाई बस्तु चराउन बगानको छेउमा गएका थिए। त्यहाँ तिनीहरूले बगानको छेवैमा रहेको जङ्गल जाने बाटोमा मरेको चितुवा देखेर गाउँमा हो-हल्ला गरेपछि गाउँलेहरूले बाघडुग्रा वन विभागलाई यसबारे जानकारी दिए। यसपछि बाघडुग्रा वन विभाग साथै पानीघट्टा वन विभागका अधिकारीहरू घटनास्थलमा पुगेर मरेको चितुवालाई उद्धार गरेर यसलाई पोस्टमर्टमको लागि पठाइए दिए। वन विभागका एडीएफओ चिनमय बर्मनले बताए अनुसार उक्त चितुवाको उमेर धेरै पुगेको साथै चितुवा पुरूष रहेको बताए। के कारणले चितुवा मऱ्यो भन्नेबारे पोस्टमर्टमपछि नै सटीक थाहा लाग्ने तिनले बताए।