असम-बङ्गाल सिमानामा प्रशासनको कठोर कार्वाही, आलू बोकेको ट्रक चालकहरूले गरे सडक अवरोध  

अलीपुरद्वार (निसं): असम-बङ्गाल सिमानामा आलू बोकेका ट्रक चालकहरूले पथ अवरोध गरेर विरोध प्रदर्शन गरे। यसले गर्दा ईस्ट वेस्ट करिडोर बन्द रहेको छ। जामको कारण वाहनहरूको केही किलोमीटर दुरीसम्म लामो लाइन लागेको छ। नकली कागज-पत्र देखाएर आलूको तस्करी गरेको खबर पाएपछि प्रशासनले कठोर पाइला चालेको छ। जसले गर्दा असम-बङ्गाल सिमानाको बारोबिशा नजिक धेरै आलू बोकेका ट्रकहरू फँसेको छ। ट्रक चालकहरूले आरोप लगाउँदै बताए अनुसार आलू बोकेका वाहनहरूलाई कुनै कारण बिना नै रोकेर राखेको छ, जसले गर्दा आलू ट्रकमा नै कुहिन थालेको छ। धेरै जनाले ऋण लिएर ट्रक अनि आलू किनेका छन्। शुक्रवार साँझमा पनि चालकहरूले केही समय हाईवे जाम गरेका थिए। यसपछि जिल्ला प्रशासनका अधिकारीहरूले घटनास्थलमा पुगेर चालकहरूलाई त्यहाँ फँसेका वाहनहरूलाई शनिवार बिहान छोडिदिने बताएका थिए। तथापि आज शनिबार बिहान वाहनहरूलाई नछोडे पछि फेरि चालकहरूले हाईवे जाम गरिदिएको छ। उक्त जामले गर्दा कुनै पनि वाहन उत्तर पूर्वी राज्यहरूमा प्रवेश गर्न पाएको छैन।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet