असमबाट बिहार तस्करी गरिरहेको धेरै मात्रामा रम-रक्सी उद्धार, 2 जना पक्राउ  

सिलगढी (निसं): बाघडुग्रा थाना पुलिसले असमबाट बिहारमा हुने रम-रक्सी तस्करीको योजनालाई विफल पार्दै धेरै मात्रामा रम-रक्सी बोकेको एउटा ट्रक जफत गरेको छ। यसको साथै ट्रकको चालक र सह चालकलाई रम-रक्सी तस्करी गरेको आरोपमा पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरू रियाजुल हक (22) र समशूल हक (32) सामेल छन्। दुवै असमका निवासी बताइएको छ।  


पुलिस सूत्र अनुसार, आज बिहान गोप्य सूचना पाएर बाघडुग्रा थाना पुलिसले राष्ट्रीय राजमार्ग-31 को मुनी बड़ागछ इलाकामा अभियान चलाएर असमबाट बिहार गइरहेको एउटा मालवाहक ट्रकलाई रोकेर छानबिन गऱ्यो। यस अवधि पुलिसले ट्रकमा एउटा गोप्य चेम्बर देखेपछि खोलेर हेर्दा धेरै मात्रामा रम-रक्सी फेला पारे। यसपछि पुलिसले चालक र खलासीलाई पक्राउ गरेको छ। पुलिस सूत्र अनुसार, ट्रकबाट 54 कार्टून रम-रक्सी उद्धार गरेको छ। उक्त जफत गरेको रम-रक्सीको मूल्य लगभग 2 लाख रूपियाँ बताइएको छ। बाघडुग्रा थाना पुलिसले दुवै आरोपीलाई आइतबार सिलगढी अदालतमा पेश गर्ने भएको छ।  

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş