असार 15 को दिन आज बिजनबारीमा धान रोपाई

बिजनबारी: आज असार महिनाको मध्य भाग अर्थात असार 15 गते दार्जिलिङ पहाडको ग्रामीण भेगका किसानहरुले आजको दिनलाई एउटा पर्वको रूपमा मान्दै आएका छन्। मुख्यत: आजको दिन बिहानै दही, चिउरा, केरा खाएर किसानहरु खेतमा काम गर्न निस्कने गर्छन् भने दिनभरी तिनीहरू धान रोपाइँमा व्यस्त रहन्छन्। माना रोपेर मुरी उप्जाउने कथनलाई शिरोपर गर्दै बिजनबारी क्षेत्रका ग्रामीण भेगका किसानहरुले पनि यस पर्वलाई एउटा उत्सवको रूपमा मान्दै आएका छन्। यद्यपि गत केही बर्षहरुदेखि धानको खेती गर्न मानिसहरुले छोड्दै आएका छन्। अर्कोतिर युवाहरूलाई यस खेतीतर्फ आकर्षक बनाउन सरकारले केही सहयोग गर्नुपर्ने स्थानीय खेतीवालाहरुको भनाई रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *