सुकिया : जोरबङ्ग्लो सुकिया पोखरी अधीनस्थ खण्ड स्वास्थ्य केन्द्रमा कार्यरत आशा कर्मी एवम् अस्थायी स्वास्थ्य कर्मीहरूले आफ्नो विविध मागलाई लिएर आज धरना प्रदर्शन गरे। यस अवसरमा आफूहरूको विविध समस्यालाई लिएर सुकियापोखरी ब्लकको बीएमओएच-लाई एउटा ज्ञापन पत्र पनि चढाए। उक्त ज्ञापन पत्रमा मासिक वेतन नपाएकोले शीघ्रै प्रदान गरिनुपर्ने, पुजा बोनस लगायत अन्य विविध मागहरू रहेको बताइएको छ। स्वास्थ्य केन्द्रमा कार्यरत आशा कर्मी तथा अस्थायी स्वास्थ्य कर्मीहरूले आज विरोध प्रदर्शन गर्दै एउटा र्याली पनि निकाले।
