आशा कर्मीहरूद्वारा सुकेपोखरी स्वास्थ्य केन्द्रमा धरना प्रदर्शन

सुकेपोखरी: पश्चिम बङ्गाल राज्य आशा कर्मी सङ्गठन जोरबङ्लो सुकेपोखरी खण्ड समितिले विभिन्न मागलाई लिएर आज सुकेपोखरी खण्ड स्वास्थ्य केन्द्र परिसरमा धरना प्रदर्शन गऱ्यो। यस अघि तिनीहरूले सुकेपोखरी बजारमा एउटा ऱ्याली पनि निकाले। सुकेपोखरी खण्डका सबै स्वास्थ्य केन्द्रमा कार्यरत 186 जना आशा कर्मीहरूको सहभागीमा उक्त धारना प्रदर्शन गरेको सङ्गठनका ओम राईले जानकारी दिएका छन्।


बीएमओएचले कुनै हस्तक्षेप नगरेको आरोप लगाउनको साथै डीएम कार्यालय, खण्ड विकाश कार्यालय, सीएमओएच तथा खण्ड स्वास्थ्य केन्द्रमा सूचित गरिसक्दा पनि कुनै पहल नभएको तिनले बताइन्। दार्जिलिङको सुकेपोखरी खण्डमा आशाकर्मीको समस्या सामाधान नभएकोले गर्दा खण्ड स्वास्थ्य अधिकारी नआएसम्म आशाकर्मीहरूको धरना जारी रहने तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *